देश/प्रदेश

ट्रकमा मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

Banner

भरतपुर- चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-१ रामनगरमा बिग्रेर रोकिराखेको ना६ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना२०प ७५१८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।

आइतबार राति भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार पोखरा महानगरपालिका-३१ का १६ वर्षीय सरोज भुजेलको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गम्भीर घाइते मोटरसाइकल चालक देवघाट गाउँपालिका-५ का ४१ वर्षीय महेश्वर कँडेलको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>