मनोरञ्जन

टी सिरिजमा पहिलोपटक नेपाली ब्याण्डको भजन

Banner

काठमाडौं – नेपाली ब्याण्ड सत्याकृतको गीत ‘जय देवी जय’ सार्वजनिक गरिएको छ । भक्ति संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको यो ब्याण्डको गीत भारतीय स‌ंगीत कम्पनी टी सिरिजमार्फत सार्वजनिक गरिएको हो ।

सकल्य देवको शब्दमा प्रजित लामाको संगीत तथा स्वर रहेको यो गीत ‘जय देवी’ एल्बममा समावेश छ । गीतको भिडियोमा सकल्य देवको निर्देशन देख्न सकिन्छ ।

देश तथा विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा भक्ति संगीतमार्फत उपस्थिति जनाउँदै आएको ब्याण्डको यो गीत टी सिरिजमार्फत रिलिज भएपछि नेपाली संगीतले पनि उचाइ लिने विश्वास लिइएको छ ।

स्थापनाको छोटो समयमा नै नेपाली संगीतमा यो ब्याण्डले आफ्नो उपस्थिति जनाउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>