मनोरञ्जन

वर्षाको बर्थ डे सेलिब्रेसन – पशुपति पुगेर दिइन् बाँदरलाई बिस्कुट

Banner

काठमाडौं – ‘पशुपतिप्रसाद’ गर्ल वर्षा शिवाकोटीले आफ्नो जन्मदिनको अवसर पारेर पशुपतिनाथ मन्दिरमा पूजा गरेकी छिन् । उनले जन्मदिनमा पशुपतिनाथ मन्दिर परिसरमा अनाथ व्यक्ति र बाँदरलाई बिस्कुट वितरण समेत गरेकी छिन् ।

उनले जन्मदिनका यी तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

पछिल्लो समय ‘वीर विक्रम २’ मा व्यस्त यी नायिका यतिबेला फिल्मकै प्रचारमा छिन् । अहिले भने फिल्मको भन्दा पशुपतिनाथका बाँदरलाई बिस्कुट दिएको तस्वीर वर्षाले अपलोड गरेकी छिन् ।

भगवानप्रति खासै वास्ता नराख्ने बताउने वर्षाले जन्मदिनमा पशुपतिनाथ मन्दिर पुगेर पूजा गरेकी हुन् । फ्यानले सामाजिक सञ्जालमार्फत वर्षालाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

तस्वीर: वर्षा शिवाकोटीको फेसबूकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>