मनोरञ्जन

मौसम खराबीका कारण स्थगित भएको ‘मातृभूमि कप’ यो मितिमा हुने

Banner

काठमाडौं – चितवनमा निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजना गर्न लागिएको ‘मातृभूमि कप’ आउँदो चैत्र ३० गते हुने भएको छ । शनिवार हुने भनिए पनि खराब मौसमका कारण निर्धारित कार्यक्रम स्थगित भएको थियो ।

चैत्र २३ गतेका लागि भनेर कलाकारले लामो समय रिहर्सल समेत गरेका थिए । मौसम खराब भएपछि कार्यक्रम एक हप्ता पछाडि सारिएको कलाकार तथा अभियन्ता सीताराम कट्टेलले जानकारी दिए ।

नयाँ वर्षको अवसर पारेर गरिन लागिएको ‘मातृभूमि कप’ का लागि कलाकारले मंगलबारदेखि पुनः अभ्यास खेल खेल्नेछन् ।

प्रतियोगिताको मितिमा सामान्य हेरफेर गरिएपछि पहिले नै खरिद गरिएका टिकट लिएर पनि खेल हेर्न पाइने आयोजकले जनाएको छ । प्रतियोगिता हेर्नका लागि रुपैयाँ ३ सयको टिकटको व्यवस्था गरिएको छ ।

टिकट इ–सेवाका माध्यमबाट पनि काट्न सकिने व्यवस्था मिलाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>