राजनीति

स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड

०
Banner

काठमाडौं, मंसिर ८ –

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास सम्भव नरहेको बताउनुभएको छ ।

मंगलवार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय तहमा प्रतिनिधि सभाको जस्तो हुरि बतास आउन सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले नयाँ राजनीतिक दलले गरेका कामहरु आम नागरिकले विस्तारै बुझ्दै गएको बताउनु भयो । स्थानीय तहको निर्वाचनमा इतिहास र पृष्ठभूमि र काम हेरेर जनताले मतदान गर्ने भएकाले सबैले सक्रियताका साथ काममा लाग्नुपर्ने बताउनु भयो । स्थानीय तहमा राम्रो परिणाम ल्याउनसके देश पुनः क्रान्तिको दिशामा अघि बढ्ने जिकिर समेत गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>