देश/प्रदेश
रथी थापालाई दज्र्यानी चिन्ह प्रदान
०

काठमाडौँ, मंसिर ८ –
प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति हुनुभएका अनुपजङग थापालाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले उहाँलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । मन्त्रिपरिषद्ले थापालाई यही मंसिर ४ गते रथीमा पदोन्नति गरेको थियो।
सोही अवसरमा उपरथीमा बढुवा हुनुभएका मनोज थापा तथा सहायक रथीमा पदोन्नती हुनुभएका प्राविधिक महासेनानीत्रय जगत शाह, पङ्कज रावल र शितल बानियाँलाई पनि दज्र्यानी चिन्ह प्रदान गरिएको थियो । यसैगरी महासेनानीमा पदोन्नती हुनुभएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दज्र्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























