देश/प्रदेश

शङ्खुपाटीमा जुवातास खेल्ने १६ जना पक्राउ

०
Banner

बनेपा (काभ्रे), मंसिर ८  –

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीमा जुवा र तास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार आज बिहान शङ्खुपाटीस्थित एक खाली घरमा जुवातास खेल भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरी निरीक्षक श्यामसुन्दर यादवको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले घटनास्थलबाट नगद रु एक लाख ५१ हजार ५४५, १६ थान कौडा र एक बुक तास बरामद गरेको नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीका बलराम थापा, श्रीकृष्ण थापा, सुरजकुमार तामाङ, सुमन श्रेष्ठ, दीर्घबहादुर तामाङ, पूर्णबहादुर तामाङ, रामकृष्ण श्रेष्ठ, सुमन श्रेष्ठ, गणेश तामाङ, साजन श्रेष्ठ, भीम श्रेष्ठ, कुमार थापा र मिनबहादुर भुजेल छन् ।

त्यस्तै, बनेपा नगरपालिका–७ का कुमार तामाङ र राजेश लामा तथा नमोबुद्ध नगरपालिका–११ का धनबहादुर तामाङ पक्राउ परेका छन् । पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>