राजनीति

नेपाल दक्षिण र मध्य एशियाबीचको सभ्यतागत सेतु होः मन्त्री पौडेल

०
Banner

काठमाडौं, मंसिर ५ –

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल दक्षिण र मध्य एसियाबीचको महत्वपूर्ण सभ्यतागत सेतुका रूपमा रहेको बताउनुभएको छ ।

भारत र चीनबीच अवस्थित नेपालले गङ्गाको मैदान र तिब्बती पठारलाई जोड्दै व्यापार, तीर्थयात्रा, ज्ञान र संस्कृतिको आदानप्रदानमा ऐतिहासिक भुमिका निर्वाह गरेको उहाँको भनाइ छ । भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको पहिलो एससीओ सभ्यतागत संवादमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले नेपालको सभ्यतागत इतिहास, धार्मिक तथा सांस्कृतिक विविधता र विश्व सभ्यतामा पु¥याएको योगदान प्रश्तुत गर्नुभयो । उहाँले सभ्यता भौगोलिक सीमा, स्मारक वा राज्यसत्ताको इतिहासमा मात्र सिमित नहुने उल्लेख गर्दै विचार, दर्शन, भाषा, आस्था, संस्कृति र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञानको जीवन्त निरन्तरता भएको बताउनु भयो । नेपाल पनि शताब्दीयौँदेखि विभिन्न सभ्यता, भाषा, धर्म र संस्कृतिबीचको अन्तरसम्बन्धको महत्वपूर्ण हिस्सा रहँदै आएको उनले उल्लेख गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>