प्रवास

होर्मुज जलमार्गमा नौसैनिक माइनमा ठोक्किँदा तेल ट्यांकरमा आगलागी

०
Banner

काठमाडौं, मंसिर ५ –

ओमानको खासाब बन्दरगाह प्रवेश गर्ने क्षेत्रमा नौसैनिक माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) को नौसेनाले जनाएको छ ।

शुक्रबार जारी विज्ञप्तिमा ट्यांकर अमेरिकी सेनाको सहयोगमा होर्मुज जलमार्गमा अनधिकृत मार्गबाट पार गर्ने प्रयासमा रहेको बेला माइनमा ठोक्किएको दाबी गरिएको छ । आईआरजीसीको आधिकारिक सञ्चार माध्यम सेपाह न्युजमार्फत सार्वजनिक विज्ञप्तिमा नौसेनाले उक्त जानकारी दिएको हो ।

नौसेनाले होर्मुज जलमार्ग र खाडी क्षेत्रमा अनुमति नलिई हुने कुनै पनि जहाजको आवागमन आफ्नो निगरानीबाट उम्कन नसक्ने चेतावनी दिएको छ । उसले ट्यांकरहरू नौसैनिक माइनमा ठोक्किनुमा जलमार्गसम्बन्धी नियम उल्लंघन, अनधिकृत मार्गको प्रयोग र अमेरिकी सेनाले फैलाएको भनिएको गलत सूचनामा विश्वास गर्नु जिम्मेवार रहेको आरोप लगाएको छ ।

यसअघि फेब्रुअरी २८ मा इरानले आफ्नो भूभागमा अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि होर्मुज जलमार्गमा आवागमन नियन्त्रण कडा बनाएको थियो । इरानले अमेरिका र इजरायलसँग सम्बन्धित वा उनीहरूको स्वामित्वमा रहेका जहाजलाई सुरक्षित आवागमनको अनुमति नदिने घोषणा गरेको थियो । सीसीटीभी प्यलस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>