राजनीति
शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल
०

काठमाडौं, मंसिर ५ –
नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले विस्तृत शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने जिम्मेवारीबाट वर्तमान सरकार पन्छिन नमिल्ने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा सम्बोधन गर्दै उहाँले विगतका राजनीतिक दलले शुरु गरेको प्रक्रिया भन्दै वर्तमान सरकारले जिम्मेवारीबाट उम्किन नमिल्ने बताउनुभएको हो । संविधानमा नै शान्ति प्रक्रियाको विषय समेटिएको उल्लेख गर्दै उहाँले संविधान स्वीकार गर्ने वर्तमान सरकारले पनि त्यसको दायित्व लिनुपर्ने स्पष्ट पार्नुभयो । भुसालले संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्दा शान्ति प्रक्रियामा संलग्न राजनीतिक दल, नागरिक समाज र मानव अधिकारवादी संघसंस्थासँग समन्वय गर्नुपर्ने बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























