चितवन विशेष

चितवनमा गाँजासहित दुई भारतीय नागरिक पक्राउ

०
Banner

चितवन, मङ्सिर ५-
प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बैशाली जिल्ला, ग्राम चरबाजे निवासी २४ वर्षीय सत्यम कुमार र बाबन घाट निवासी २० वर्षीय रोहन कुमार छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रभुसन यादवका अनुसार शुक्रबार उनीहरुलाई राप्ती नगरपालिका– १ लोथरबाट पक्राउ गरिएको हो ।
हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ नम्बरको भारतीय कन्टेनर जाँच गर्ने क्रममा कन्टेनरको अगाडिको भागमा चालक सिटको पछाडि क्याबिनमा फल्स बटम ९गोप्य ठाउँ० बनाइ लुकाइछिपाई राखिएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले कन्टेनर र कन्टेनर चालक सत्यम र सह चालक रोहनलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>