चितवन विशेष

चितवनमा मेसिनबाट आलु रोपियो

०
Banner

चितवन, मङ्सिर ५-
गत वर्षदेखि सुरुआत गरिएको मेसिनबाट आलु रोप्नेकार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । खैरहनी नगरपालिका–१० स्थित कृषक जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत मेसिन प्रयोग गरी आलु रोपिएको हो ।

आलु रोप्ने मेसिन उपलब्ध नहुँदा बाराबाट भारतमा निर्मित मेसिन भाडामा ल्याएर आलु रोपिएको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताउनुभयो ।
सहकारीमार्फत गत वर्ष २०० बिघामा आलु रोपिएकोमा यस वर्ष १०० बिघामा मात्रै रोपिएको उहाँले जानकारी दिनुभयो । गत वर्षदेखि मेसिनबाट आलु रोप्न थालिएको उल्लेख गर्दै उहाँले मेसिन प्रयोग गर्दा खर्च कम हुने र काम गर्न सहज हुने बताउनुभयो ।
सहकारीमा हाल ८४ किसान आबद्ध छन् । यस वर्ष सहकारीमार्फत रोपिएको १०० बिघामध्ये मेसिनबाट १२ बिघामा आलु रोपिएको उहाँले जानकारी दिनुभयो । मेसिनले आलु र मल एकैसाथ रोप्ने छ।

खैरहनी नगरपालिकाकी कृषि शाखा प्रमुख सिर्जना श्रेष्ठका अनुसार खैरहनीमा आलु खेतीको क्षेत्रफल ९६ दशमलव ५ हेक्टर रहेको र उत्पादन एक हजार ८०९ दशमलव ३८ मेट्रिकटन रहेको छ । उहाँले खैरहनीमा मेसिनबाट आलु रोप्दा उत्पादन राम्रो भएको र एक कठ्ठामा १२ क्विन्टलसम्म फल्ने बताउनुभयो ।
खैरहनीमा एलआर गोलो, विदेशी ब्लु डायमण्ड, स्वदेशी कार्डिनल तथा बेल्जियम रातोलगायतका आलु उत्पादन हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>