अन्तर्राष्ट्रिय

एपेक बैठकमा सहभागी हुन अमेरिकी राष्ट्रपति ट्रम्प चीन पुगे

०
Banner

काठमाडौं ,कात्तिक ३-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी हुन चीनको शेन्जेनस्थित अन्तर्राष्ट्रिय सञ्चार केन्द्र पुगेका छन् ।

ट्रम्प बिहीबार बिहान दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित शेन्जेन शहरमा रहेको बैठकस्थल पुगेका हुन् । उनी बैठकमा सहभागी हुन बुधबार नै शेन्जेन पुगेका थिए । बुधबार र बिहीबार दुई दिनसम्म सञ्चालन हुने बैठकमा एसिया प्रशान्त क्षेत्रका सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुँदैछन् । एपेक बैठकमा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा आर्थिक विकासका विषयमा छलफल हुने कार्यक्रम छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>