चितवन विशेष

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन नवलपुरका विभिन्न क्षेत्रमा सामाजिक कार्यक्रम हुँदै

०
Banner

चितवन, कार्तिक १६-

ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुर क्षेत्रका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सञ्चालन गर्ने भएको छ। २०८३ कार्तिक २७ गते (नोभेम्बर १३, २०२६) मा परेको वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनलले चितवन क्षेत्र (चितवन रिजनल) अन्तरगतका शाखाहरु नारायणगढ, पर्सा र कावासोती शाखामार्फत विभिन्न मितिमा रक्तदान कार्यक्रम, खाद्यान्न लगायत विभिन्न सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा स्वास्थ्य र शिक्षा सम्बन्धी जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

कार्यक्रम अन्तरगत कार्तिक १७ गते (नोभेम्बर ३) मा कावासोती शाखाको परिसरमा बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गर्नेछ । त्यसैगरी कावासोती–८ स्थित श्री मौलाकालिका अपाङ्ग सेवा संस्थालाई खाद्यान्न तथा भाँडाकुँडा लगायतका विभिन्न घरायसी सामग्री सहयोग गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, कार्तिक १९ गते (नोभेम्बर ५) मा नारायणगढ शाखाले भरतपुर–७, टाइगर चोकस्थित सानो घर सुनौलो पल बालगृहमा सहयोग गर्नुका साथै उक्त बालगृहमा रहेका बालबालिकासँग आत्मीय समय बिताउने कार्यक्रम तय गरेको छ । कार्तिक २० गते (नोभेम्बर ६) मा पर्सा शाखाको परिसरमा रक्तदान कार्यक्रम आयोजना हुनेछ ।

सोही दिन बिहान १० बजेदेखि इच्छाकामना गाउँपालिका–७, दाहाखानीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, खेतबारीमा विशेष सामाजिक सेवा कार्यक्रम सञ्चालन गरिनेछ । नारायणगढ, पर्सा र कावासोती तीनवटै शाखाको सहभागितामा आयोजना हुने उक्त कार्यक्रममा विद्यार्थीलाई न्यानो कपडा (स्वेटर), शैक्षिक सामग्री तथा स्टेशनरी वितरण गरिनेछ । साथै विद्यार्थी तथा अभिभावकलाई शिक्षा, स्वास्थ्य र व्यक्तिगत सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

ग्रेस इन्टरनेशनल चितवन क्षेत्रका निर्देशक गणेश लामिछानेका अनुसार वार्षिकोत्सवका अवसरमा आयोजना हुने यी कार्यक्रमहरूमा तीनवटै शाखाका कर्मचारी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहनेछ । संस्थाले आफ्नो २०औँ वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा उपयोग गर्दै समुदायमा सहयोग र सेवाका गतिविधि सञ्चालन गर्न लागेको जनाएको छ ।

ग्रेस इन्टरनेशनलले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, युके, क्यानडा, युएसए, न्यूजिल्याण्ड लगायतका देशहरुमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श, आइइएलटिएस र पिटिई कक्षा सञ्चालन र भिसा प्रोशेसिङ्गमा सहयोग गर्दै आइरहेको छ । ग्रेस इन्टरनेशनलले अष्ट्रेलिया, न्यूजिल्याण्ड, भारत, फिलिपिन्स, केन्या लगायत १० भन्दा बढी देशहरूबाट आफ्ना सेवाहरू सञ्चालन गर्दै आएको छ । यो संस्था विद्यार्थी तथा अभिभावकहरूका लागि भरपर्दो एवम् विश्वसनीय शैक्षिक परामर्श संस्थाका रूपमा परिचित छ ।

ग्रेस इन्टरनेशनलले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न यस्तै सामाजिक कामहरु गर्दै आइरहेको छ । यसैअन्तर्गत वर्षेनी वार्षिकोत्सवको अवसरमा भने सप्ताहव्यापीरुपमै सामाजिक कार्यक्रम गर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>