स्वास्थ्य

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

०
Banner

काठमाडौँ, कात्तिक १० –

नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले रु आठ अर्ब ५९ करोड मूल्य बराबरको खोप सहायता प्राप्त गर्ने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्वको पहल र सम्वादका आधारमा नेपाललाई गाभीबाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म रु आठ अर्ब ५९ करोड १९ लाख ६८ हजार बराबरको सहायता प्राप्त गर्ने भएको हो ।

यसैगरी, गाभीबाट नेपालको नियमित खोप कार्यक्रमका लागि प्रदान गरिँदै आएको सहायता रकमको आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै नेपालले फिर्ता गर्नुपर्ने भनी उल्लेख गरिएको तीन लाख आठ हजार २७१ अमेरिकी डलर मिनाहा भएको छ ।

विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोतमा दबाब बढिरहेको अवस्थामा सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने भनी देखाइएको रकम मिनाहा हुनु नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दिगो बनाउने दिशामा महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको मन्त्रिको सचिवालयले जनाएको छ ।

मन्त्री मेहताको पहल तथा गाभीसँगको संवादबाट सहायता रकमसम्बन्धी विषयमा सहजीकरण र तिर्न पर्ने भनि उल्लेख भएको रकम मिनाहा प्राप्त हुनुले राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित राख्दै आएको छ । नियमित खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तरराष्ट्रिय साझेदारबाट प्राप्त हुने सहयोग महत्त्वपूर्ण रहँदै आएको मन्त्रालयको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>