चितवन विशेष

क्यान्सरको वैज्ञानिक अनुसन्धानमा चितवनबाट संकलित नमूना पनि प्रयोग

०
Banner

चितवन,कात्तिक १०-

चितवनको कोराकबाट सन् २०१६ मा संकलन गरिएको मौरीको चोपलाई छालाको क्यान्सरसम्बन्धी नयाँ वैज्ञानिक अनुसन्धानमा प्रयोग गरिएको छ।

वैज्ञानिक जर्नल मोलिक्युल्समा यही अक्टोबर २४ (कात्तिक ७) मा प्रकाशित अध्ययन अनुसार नेपालसहित पाँच देशका मौरीको चोप उक्त अनुसन्धानमा परीक्षण गरिएको हो। झार मार्ने औषधिले झारसँगै बाली पनि बिगार्‍यो भने त्यो किसानका लागि उपयोगी हुँदैन— चितवनबाट संकलन गरिएको मौरीको चोपमाथि भएको क्यान्सर अनुसन्धानले यही चुनौती देखाएको छ।

अनुसन्धानमा चितवनको मौरीको चोपबाट निकालिएको मिश्रणले छालाको क्यान्सरका कोषमा असर गरेको त देखियो, तर सँगसँगै त्यसले सामान्य छालाका कोषमा पनि असर गर्‍यो। मौरीको चोपलाई वैज्ञानिक भाषामा प्रोपोलिस भनिन्छ। मौरीले विभिन्न रूखबिरूवाबाट चोपजस्तो र्‍याल संकलन गर्छ। त्यसमा मैन र आफ्नै शरीरबाट निस्कने केही पदार्थ मिसाएर टाँसिने च्यापच्यापे मिश्रण बनाउँछ।

मौरीले यसलाई आफ्नो घारका प्वाल टाल्न र घारभित्रको वातावरण सुरक्षित राख्न प्रयोग गर्छ। प्रोपोलिसमा विभिन्न रासायनिक पदार्थ हुन्छन्। तीमध्ये केहीले सूक्ष्मजीव र विभिन्न प्रकारका कोषमा असर गर्ने गरेको पाइएको छ। त्यही भएर वैज्ञानिकहरूले मौरीको चोपमा भएका पदार्थबाट औषधि बनाउन सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्दै आएका छन्। त्यसै क्रममा अहिले छालाको क्यान्सर निको पार्ने औषधि बनाउन यो अनुसन्धान गरिएको हो।

यो अनुसन्धानमा नेपालसहित ग्रिस, कजाकस्तान, युक्रेन र जर्जियाका १० नमूना परीक्षण गरिएको वैज्ञानिक जर्नल मोलिक्युल्सको अध्ययनमा उल्लेख छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>