देश/प्रदेश
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही
०

काठमाडौं,कात्तिक ७ –
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे)सेवन गरी सवारी चलाउने १०२, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २० जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ५७, हर्न निषेधमा ८, लेन क्रसमा ३, अवस्था ठिक नभएको २ र अन्यमा १०५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























