Breaking News

नवलपुरमा अटो दुर्घटनाः आठ बालबालिकासहित १४ जना घाइते

०
Banner

नवलपुर,कात्तिक ७-

नवलपुरको देवचुली नगरपालिका–६, टोक्रेखोलास्थित भित्री सडकखण्डमा सामान बोक्ने अटो अनियन्त्रित भई पल्टिँदा आठ बालबालिकासहित १४ जना घाइते भएका छन्। घाइतेमध्ये आठ वर्षीया एक बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब ३ः५५ बजे किर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको गण्डकी प्रदेश ००४००१ स ००५१ नम्बरको अटोको ब्रेक फेल भएपछि अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा चार बालिका, चार बालक, पाँच महिला र एक पुरुष घाइते भएका छन्। घाइतेमध्ये कावासोती नगरपालिका–२ निवासी आठ वर्षीया नम्रता लम्सालको टाउकोमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै, देवचुली नगरपालिका–१२ की विष्णु पराजुली, देवी पराजुली लम्साल र ६५ वर्षीय छविलाल पराजुली मध्यम अवस्थामा घाइते भएका छन्। सोही स्थानकी १२ वर्षीया अनुस्का पराजुली पनि घाइते भएकी छन्।

दुर्घटनामा कावासोती नगरपालिका–३ की ११ वर्षीया सुविक्षा श्रेष्ठ, देवचुली नगरपालिका–११ का १५ वर्षीय राहुल पराजुली, सोही स्थानकी ४० वर्षीया सुमित्रा पराजुली र १७ वर्षीया झरना पराजुली घाइते भएका छन्। त्यसैगरी, कावासोती नगरपालिका–३ की पुनम श्रेष्ठ, देवचुली नगरपालिका–११ का ११ वर्षीय राजेश पराजुली, कावासोती–३ का १७ वर्षीय सुवर्णकुमार श्रेष्ठ, देवचुली नगरपालिका–१२ की ७४ वर्षीया हरिकला पराजुली र सोही स्थानका १० वर्षीय अनुप पराजुली घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको छ। उनीहरूलाई दलदलेस्थित देवचुली अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रिफर गरिएको छ। अटो चालक कावासोती नगरपालिका–२ निवासी ४५ वर्षीय नन्दकिशोर लम्सालको दाहिने हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटोमा सामान्य क्षति पुगेको छ। चालक र अटो प्रहरीको नियन्त्रणमा रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>