फोटो फिचर

धार्मिक आस्थाको धरोहरः पादुका त्रिवेणीधाम (तस्विरहरु)

०
Banner

बाजुरा,कात्तिक ६-

बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ मा रहेको श्री मानासरोवर कैलाशद्वार पादुका त्रिवेणी धाम धार्मिक आस्थाको धरोहर हो । जहाँ वर्षेनी धार्मिक कार्य,पूजापाठ, विवाह, ब्रतबन्ध लगायतका शुभकार्यहरु हुने गरेका छन् ।

बाजुराको हिमाली गाउँपालिका, छिमेकी जिल्ला हुम्ला, मुगु, जुम्लालगायत अन्यन्त्र जाने सडकखण्ड तथा रारा पर्यटन मार्ग अन्तरर्गत कर्णाली नदीसँगै जोडिएको प्रसिद्ध धार्मिक स्थल पादुका त्रिवेणी धामको छुट्टै ऐतिहासिक महत्त्व छ।

सतिदेविको पाउ पतनसँगै प्राचीन कालमा पाण्डवले बनाएको मन्दिर यहाँ छ।बुढीनन्दा, बडीमालिका र शिम्बुनाथको अन्तर स्तुपा भएको ठाउँ,मानासरोवर बडीमालिका, बुढीनन्दाबाट आउने तीन वटा नदीको पनि संगम स्थल भएकोले यसलाई पादुका त्रिवेणी धाम भनिएको हो। पादुका त्रिवेणीधाम सतिदेविको पाउ पतन भएपछि यसको उद्गम भएको धार्मिक मान्यता छ।

तस्विरहरुः गोविन्द्र राज तिमिल्सेना/नेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>