खेलकुद

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

०
Banner

काठमाडौं ,कात्तिक ६-

बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका–९, लालुका सचेत युवाहरुको समूहले जिल्लामा नै पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता आयोजना गरेको हो ।

कालीकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागितामा भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा ३० वर्षभन्दा मुनिका खेलाडीहरुमा नवीन विष्ट प्रथम, अनिल दर्जी दोस्रो, अर्जुन ढोली तेस्रो भएका थिए भने, ३० वर्षभन्दा माथिका खेलाडीहरुमा पहरे दर्जी प्रथम, बीरेन्द्र बोहरा दोस्रो र प्रकाश दर्जी तेस्रो स्थान हासिल गरेको खेल आयोजक समितिका संयोजक विन्दमान लामिछानेले बताए । उनका अनुसार खेलमा उत्कृष्ट खेलाडीमा नवीन विष्ट घोषित भएका थिए ।

ओभरअल च्याम्पियनमा ५५ वर्षीया पहरे दर्जी भएको संयोजक लामिछानेले बताए । उनले दर्जीको उपलब्धिले सबै खेलाडी तथा युवाहरूलाई प्रेरणा दिएको बताए ।

यो खेल प्रतियोगिता केवल जित र हारमा सीमित नभई युवालाई खेलप्रति आकर्षित गर्ने, दुव्र्यसनमुक्त समाज निर्माण गर्ने र राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभियानको महत्वपूर्ण उपलब्धि बनेको रहेको संयोजक छामिछानेले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>