क्रिकेट
ह्यारी ब्रुकले श्रीलंकाविरुद्ध बनाए किर्तिमानी दोहोरो शतक
०

काठमाडौँ, कार्तिक ५–
इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी दोहोरो शतक बनाएका छन्।
उनले पाकिस्तानमा जारी त्रिकोणात्मक शृङ्खला अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा ११४ बलमा दोहोरो शतक पूरा गरेका हुन्।
ब्रुक एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने ब्याटर बनेका छन्। उनले भारतका शुभमन गिलको ११७ बलमा दोहोरो शतक पूरा गर्ने कीर्तिमान तोडेका हुन्।
उनी एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो इंग्लिस ब्याटरसमेत बनेका छन्। ब्रुकले इनिङ्सको अन्तिम बलमा आउट हुनुअघि २०२ रन बनाए। उनको आक्रामक ब्याटिङमा इंग्ल्यान्डले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ४२९ रन बनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>























