क्रिकेट

अमेरिकी अलराउण्डर स्काल्कविक लुम्बिनी लायन्समा अनुबन्ध

०
Banner

काठमाडौँ, कार्तिक ५–

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि लुम्बिनी लायन्सले अमेरिकाका अनुभवी अलराउन्डर शाड्ली भान स्काल्कविकलाई टोलीमा अनुबन्ध गरेको छ ।

डिफेन्डिङ च्याम्पियन लुम्बिनीले सामाजिक सञ्जालमार्फत स्काल्कविकलाई टिममा सामेल गरेको जनाएको हो । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेका स्काल्कविकले १३ विकेट लिएका थिए । उनले प्रतियोगिताका चार इनिङ्समा १३ विकेट लिएका थिए, जुन एसोसिएट टोलीबाट नेदरल्यान्ड्सका बास डे लिडेसँग बराबरी हो ।

दक्षिण अफ्रिकामा जन्मिएका स्काल्कविक दायाँहाते मिडियम फास्ट बलर हुन् भने लेफ्ट ह्यान्डेड ब्याटर हुन् । ३८ वर्षीय स्काल्कविक अमेरिकाका लागि एकदिवसीय क्रिकेटमा १७ विकेट तथा टी–२० आईमा २८ विकेट लिएका छन् ।

स्काल्कविकले ईगल्स र फ्री स्टेटका लागि फास्ट–मिडियम बलरका रूपमा आफ्नो क्रिकेट करियर अघि बढाएका थिए। उनी ज्याक कालिस र एलन ल्याम्बजस्ता चर्चित क्रिकेटरहरू अध्ययन गरेको प्रतिष्ठित विनबर्ग ब्वाइज हाई स्कुलका उत्पादन हुन्।

सन् २००६ मा आफ्नो विद्यालयको टोलीसँग पाकिस्तान भ्रमणका क्रममा ब्याटिङमा प्रभावशाली प्रदर्शन गरेपछि उनलाई दक्षिण अफ्रिकी क्रिकेट एकेडेमीमा समावेश गरिएको थियो। उनले फेब्रुअरी २००८ मा वेस्टर्न प्रोभिन्सबाट लिस्ट ए क्रिकेटमा डेब्यु गरेका थिए। त्यसको नौ महिनापछि पहिलो पटक प्रथम श्रेणी क्रिकेट खेल्दा भने उनले खासै प्रभाव पार्न सकेनन्।

सन् २००९ को प्रो२० सिरिजमा उनले ईगल्सका तर्फबाट सबै खेल खेलेका थिए। सोही वर्ष पहिलो पटक आयोजना गरिएको च्याम्पियन्स लिग ट्वान्टी–२० प्रतियोगिताका लागि पनि उनी ईगल्सको टोलीमा परेका थिए।

एक दशकभन्दा बढी समयपछि उनी अमेरिका पुगे। त्यसपछि उनलाई सन् २०२४ को टी–२० विश्वकपका लागि अमेरिकी राष्ट्रिय टोलीमा छनोट गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>