क्रिकेट

श्रीलंकाली लिजेन्ड एन्जेलो म्याथ्युज विराटनगरबाट एनपीएल खेल्ने

०
Banner

काठमाडौँ, कार्तिक ५–

श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्। बिराटनगरले आज सामाजिक संजालमार्फत म्याथ्युजलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

३९ वर्षीय म्याथ्युज दायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका बलर हुन्। उनले श्रीलंकाका लागि तीनै प्रारूपमा कप्तानी गरेका थिए। म्याथ्युजले सन् २०२५ मा टेस्ट क्रिकेटबाट संन्यास लिए। म्याथ्युजले श्रीलंकाका लागि २२६ एकदिवसीय र ९० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीय क्रिकेटमा उनले ५ हजार ९१६ रन बनाउनुका साथै १२६ विकेट लिएका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनले १ हजार ४१६ रन र ४५ विकेटको प्रदर्शन गरेका छन्। समग्र टी–२० क्रिकेटमा म्याथ्युजले २३३ खेल खेल्दै ४ हजार ९० रन बनाएका छन्। उनले यस प्रारूपमा १०३ विकेट पनि लिएका छन्।

विराटनगरले यसअघि वेस्ट इन्डिजका स्टार आन्द्रे रसेलसँगै शुभम रन्जाने र श्रीलंकाकै चरिथ असलंकालाई अनुबन्ध गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>