चितवन विशेष

भरतपुर ७ स्थित उज्वल टोलभित्र ३ ठाउँमा लिङ्गे पिङ

०
Banner

चितवन, असोज ३१-

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित उज्वल टोल भित्र ३ ठाउँमा लिङ्गे पिङ राखिएको छ । दसैँमा पिङ खेल्ने मौलिक परम्परा जगेर्ना गर्न गर्ने उद्देश्यले उज्वल टोलले मार्ग नम्बर ६, २६ र ३५ मा लिङ्गे पिङ राखेको हो । युवा एकता आवास समूह र उज्वल टोलले संयुक्त रुपमा पिङ राखेका हुन् ।

चौविसकोठीबाट करिव ५ किमि दुरिमा पर्ने यो टोलमा ३ सय बढी घरधुरी छन् । दसैँमा कम्तिमा एकपटक भएपनि भुईँ छाड्नुपर्ने मान्यता रहिआएको छ । पिङ संस्कृति अभियानका कार्यक्रम संयोजक राजेन्द्र रानाभाटले पिङ खेल्न जम्मा हुने टोलबासी, पाहुनाबीच भाइचारा समेत विकास हुने अपेक्षा गरेको बताए । उनका अनुसार पिङ संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न बाँसकै पिङ राखिएको बताए । चाहना भएपनि बाबियोको अभावहुँदा बजारबाटै लट्ठा ल्याइएको बताए ।

एकता आवास समुहका अध्यक्ष बालगोपाल श्रेष्ठले कला, संस्कृति जगेर्ना गर्न स्थानीय एक्यवद्ध बनेको बताए । विभिन्न जिल्लाबाट बसाइँसराई गरि आएर बसोबास गर्दै आएकाले समेत चाडपर्व गाउँघरमै मनाएजस्तो अनुभुती लिन सक्ने वातावरण बनेको बताए ।  टोलका अध्यक्ष लक्ष्मण जिसीले दसैँ तिहार पर्वको पर्यायवाची जस्तै पिङ भएपनि हराउदै गएकाले जगेर्ना गर्न प्रयास थालिएको बताए ।

टोलका पूर्व अध्यक्ष रामचन्द्र चालिसेले पिङ संस्कृति जोगाउन सके चाडपर्वको रौनकता जीवन्त हुने बताए । मोबाइलमा व्यस्त बन्ने प्रवृत्तिले मौलिकता हराउन पुगेको दुखेसो पोखे । कालिका महिला समुहकी उपाध्यक्ष गोमा थापाले पिङ मनोरञ्जनका लागि नभई शारीरिक तन्दुरुस्तीका लागि उपयोगी रहेको बताइन् । आज तीन स्थानकै पिङको हिन्दु परम्परा अनुसार पुजापाठ गरि उदघाटन गरिएको थियो । जेष्ठ नागरिक सम्मान, विविध खेलकुद कार्यक्रम समेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>