चितवन विशेष
नारायणगढमा आज ‘चितवन राइनोज दशैं फेस्ट’ हुँदै, चितवन राइनोजका खेलाडी पनि सहभागि हुने
०

चितवन, असोज ३१–
चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आज (शनिबार) साँझ ‘चितवन राइनोज दशै फेस्ट’ आयोजना हुँदैछ ।
नेपाल प्रिमियर लिग फ्रेन्चाइज चितवन राइनोजले दशैं फेस्ट आयोजना गरेको हो । अपरान्ह ५ बजेपछि सुरु हुने सांगीतिक कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुती रहेको छ । अल्बाट्रोस, एसटी म्यान, दिया गुरुङ, सलिन मगर र चुम्बक लगायत कलाकारको प्रस्तुती रहेको छ । साथै यो कार्यक्रममा चितवन राइनोजका सबै खेलाडीहरु उपस्थित हुँदैछन् ।
चितवन राइनोजले गतवर्ष पनि म्युजिक फेस्ट आयोजना गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























