देश/प्रदेश

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

०
Banner

ताप्लेजुङ असोज , २६ –

ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन ९४० किलोग्राम० को रु ८४ हजारका दरले कारोबार भइरहेको छ ।

चालु सिजनको सुरुआतमा प्रतिमन रु ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ । एक साताअघि रु ८८ हजारका दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर रु ८४ हजारमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।

नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो । सिजनको सुरुआती समयमा अलैँचीको मूल्य रु ९६ हजारमा कारोबार भएको थियो ।

अलैँची व्यवसायी बालमणि बरालका अनुसार अहिले ओसिलो क्षेत्रका बगानबाट उत्पादित अलैँची बजारमा आइरहेको छ । उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने उहाँले बताउनुभयो । “ओसिलो क्षेत्रको अलैँचीले सुरुआती समयमा राम्रो मूल्य पायो । त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन रु ८४ हजारमा कारोबार भइरहेको छ,” उहाँले भन्नुभयो ।

ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँची खेती हुँदै आएको छ । यहाँको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने परिवर्तनले किसानको आम्दानीमा प्रभाव पार्ने गरेको छ । नयाँ उत्पादन बजारमा आउने क्रम बढेसँगै अलैँचीको मूल्यमा थप उतारचढाव हुनसक्ने व्यवसायीको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>