देश/प्रदेश

डोल्पामा हिमपातमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार

०
Banner

कर्णाली, कात्तिक १६ –

भारी हिमपातका कारण शे—फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ ।

आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे—फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका भारतीय छ पर्यटकहरु केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए ।

फसेका पर्यटकहरुमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिहां, डिप्लिना विश्वास र राजेश डी रहेको उहाँले राससलाई जानकारी दिनुभयो । उहाँले उनीहरुलाई आइतबार उद्धार गर्ने प्रयास भए पनि प्राविधिक समस्याका कारण हुन नसकेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>