देश/प्रदेश
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही
०

काठमाडौँ,असोज २५-
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ९१, सिसिटिभिमार्फत २३, रातोबत्तीमा १९ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ८३, हर्न निषेधमा ११, लेन क्रसमा २, अवस्था ठिक नभएको १४, एकतर्फीमा ३ र अन्यमा ३०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























