देश/प्रदेश
माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार
०

काठमाडौँ,असोज २५-
भाषावैज्ञानिक, समालोचक तथा निबन्धकार प्रा।डा। माधवप्रसाद पोखरेललाई रु ५० हजार राशिको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार प्रदान गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममाख प्रा.डा. अभि सुवेदीले पुरस्कृत व्यक्तित्व पोखरेलले भाषासाहित्यको उन्नयनका निम्ति गर्नुभएको योगदानको सराहना गर्नुभयो । श्री पोखरेलले आफूलाई साहित्य सन्ध्याले सम्मान गरेकामा कृतज्ञता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा प्रा.डा. हेमनाथ पौडेलले समालोचक तथा कवि गोविन्द भट्टको जीवनी, व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो । साहित्यकार शान्ता मानवी र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले पनि गोविन्द भट्ट तथा पुरस्कृत व्यक्तित्व पोखरेलका बारेमा चर्चा गर्नुभएको थियो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























