देश/प्रदेश

सिरहाको कर्जन्हामा टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

०
Banner

सिरहा, असोज १६ –

सिरहाको कर्जन्हामा यात्रुवाहक विद्युतीय गाडीलाई विपरीत दिशाबाट आइरहेको टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका वडा नं ४ भुल्केमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मप्र ०१–००१ ज ०१२४ नम्बरको विद्युतीय (इभी) गाडीलाई विपरीत दिशाबाट आइरहेको मप्र ०३-००२ ख ३९९६ टिपरले ठक्कर दिँदा विद्युतीय गाडीमा सवार गोलबाजर नगरपालिका-४ की ४५ वर्षीया शोभाकुमारी गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिनुभयो । अहिले उहाँको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ ।

घाइतेमध्ये गम्भीर अवस्थाका २२ वर्षीया प्रियङ्का यादवलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत मेडिसिटी अस्पताल काठमाडौँ लगिएको जनाउँदै सूचना अधिकारी पालले अर्का घाइते गोलबजार-६ की ४५ वर्षीय ललिता महतोलाई थप उपचारका विराटनगर लगिएको बताउनुभयो । ठक्कर दिने टिपरका चालक र टिपर प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>