Breaking News

अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

०
Banner

काठमाडौं,कात्तिक ६ –

नेपाल मौसम विज्ञान विभागले आगामी साता मङ्गलवारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ । यसले भने दसैँका लागि उपत्यका फर्कनेलाई भने केही असहजता हुनसक्ने सम्भावना छ । विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् राजन महर्जन वर्षा हुनसक्ने सम्भावना भए पनि क्रसित हुन आवश्यक नरहेको बताउनुभयो । “अर्को साता मङ्गलबार वर्षा हुनसक्ने सम्भावना देखिएको छ तर कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुनसक्छ निश्चित छैन,” उहाँले भन्नुभयो, “अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाएको खबरले किसान त्रसित देखिन्छन् । प्रणाली परिवर्तन भइरहने भएकाले अहिल्यै नै त्रसित हुनुपर्दैन ।”

महर्जनका अनुसार तीन दिनसम्म मौसम पूर्वानुमान धेरै हदसम्म मिल्ने तर साता दिनसम्मको पूर्वानुमान सधैँ मिल्दैन । “केही दिनपछि मात्रै हामी आगामी साता हुने वर्षाको बारेमा सूचना सम्प्रेषण गर्नेछौँ । वर्षाको विषयमा विभागको आधिकारिक सूचनालाई मात्रै ग्रहण हुन आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>