देश/प्रदेश
निर्वाचन आयोगद्वारा वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण
०

काठमाडौँ,असोज १५ –
निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।
बिहीवार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरुको टोलीले राष्ट्रपति भवन शितलनिवासमा पुगेर सो प्रतिवेदन हस्तान्तरण गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम आयोगले हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक तथा कानूनी व्यवस्था छ ।
सोही व्यवस्था बमोजिम आयोगले पछिल्लो एक वर्षमा सम्पादन गरेका कामकारबाही, निर्वाचन व्यवस्थापन र आयोगको सुधारका क्षेत्रहरू समेटिएको प्रतिवेदन बुझाएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























