राजनीति
‘लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबैको भुमिका महत्वपूर्ण’–सभामुख
०

काठमाडौं, असोज १६ –
प्रतिनिधि सभाको चालु अधिवेशन शुक्रवार औपचारिक रूपमा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाख अर्यालले कानून निर्माणमा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा र सत्तापक्ष तथा प्रतिपक्षबीचको सहकार्यको प्रशंसा गर्नुभयो । सभामुख अर्यालले संसद केवल बहुमतको प्रक्रिया मात्र नभई जनमुखी बहस र संवादको थलो भएको बताउँदै जनप्रतिनिधिहरूले सोहीअनुरूप भुमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
उहाँले युवा सांसदहरूको अध्ययनशीलता र परिपक्वता तथा अनुभवी सदस्यहरूको अनुभवको मिश्रणले संसदलाई थप प्रभावकारी बनाएको बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























