खेलकुद

एसियाली खेलकुदः जुडोमा पुनम पराजित

०
Banner

काठमाडौँ, असोज १५ –

जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाडीसँग पराजित हुदैँ प्रतियोगिताबाट बाहिरिएकी छन् ।

जापानको आइची अन्तरराष्ट्रिय एरिनामा आज भएको महिला ७० केजीमुनि तौल समूहमा पुनम भारतीय खेलाडी ताखेलाम्बाम इनुन्गान्वीसँग इप्पोनका आधारमा पराजित भइन् ।

यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको सात विधामध्ये पाँच विधामा पराजित भएको छ । हिजो भएकोे खेलमा नेपालका चार खेलाडी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका थिए।

पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देवकीमाया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक रहेका छन् । महिला ५२ केजी तौल समूहमा देवकीमाया पहिलो खेलमा नै भियतनामकी खेलाडी थि नगान हासँग पराजित भएकी थिइन् । महिला ४८ केजीमा निशा हङकङकी वङ का लीसँग पराजित भइन्।

पुरुष ६६ केजी तौल समूहमा विशेष हङकङका वङ का कीसँग पराजित भए । पुरुष ६० केजीमा विकास उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग पराजित भए ।

आजै नेपालका सुजन गुरुङले ९० केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै, मिक्स टिमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>