Breaking News

एनपीएलमा आज काठमाडौँ र कर्णाली, सुदूरपश्चिम र चितवन भिड्दै

०
Banner

काठमाडौं,कात्तिक १६-

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुने तालिका छ। आज काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन् ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् । पहिलो खेलमा काठमाडौँ जिनबिहीन छ । दोस्रो खेल खेल्न लागेको काठमाडौँ पहिलो जितको खोजीमा छ ।

उता कर्णाली याक्सले भने अहिलेसम्म दुई खेलमा विजयी भएर चार अङ्क जोडिसकेको छ । कर्णाली तेस्रो जितका लागि मैदानमा उत्रने तयारीमा छ। आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्। हालसम्म सुदूरपश्चिम रोयल्सले तीन खेल खेलिसक्दा एक खेलमा मात्र जित निकालेको छ । दुई खेलमा पराजित सुदूरपश्चिम चौथो खेलमा जित्नै पर्ने दबाबमा छ ।

त्यस्तै चितवन राइनोजले दुई खेल खेलिसक्दा अपराजित छ । एक जित निकालेको चितवनले एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>