देश/प्रदेश

पर्वतको नयाँपुलमा एकतर्फी यातायात सञ्चालन

०
Banner

गण्डकी,असोज १५ –

कालीगण्डकी नदीमा गत आइतबार आएको बाढीले सडक कटान गर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड आजदेखि सञ्चालन भएको छ ।

कुश्मा नगरपालिका–१ नयाँपुलमा सडक कटान भएको ठाउँमा अस्थायी मार्ग निर्माण गरी एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार नयाँपुलको सडक बनेसँगै उक्त लोकमार्गको पर्वत खण्डमा सिधा यातायात सञ्चालन भएको छ । पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको पुल सञ्चालनमा आउन भने अझै केही दिन लाग्ने छ ।

पर्वतका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बाढीले बगाएको मालढुङ्गा पुलको पहुँच सडक पुनःनिर्माणको काम भइरहेको बताउनुभयो । बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरूद्ध भएको थियो ।

कतिपय ठाउँमा एकतर्फी रुपमा सडक सञ्चालनमा आए पनि ठूलो क्षति पुगेका ठाउँमा यातायात सहज हुन अझै केही दिन लाग्ने देखिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>