चितवन विशेष

सिमलतालमा त्रिशूलीको कटानले सडक भासियो, एकतर्फी अवरुद्ध

०
Banner

​चितवन,असोज ११-

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा आज बिहान त्रिशूली नदीको कटानका कारण सडकको एक भाग भासिएर सडक अवरुद्ध बनेको छ । ​सडक डिभिजन भरतपुरका अनुसार त्रिशूली नदीको तीव्र बहावले सडकको लगभग आधा भाग काटेर बगाएको छ । जसका कारण सो स्थानमा सडक एकतर्फी रुपमा अवरुद्ध भएको हो । ​डिभिजनले सूचना जारी गरि सडक भासिएको खबर प्राप्त हुनासाथ डिभिजनको टोली घटनास्थलतर्फ पठाइएको छ र सडक मर्मतको कार्य सुरु भइसकेको जनाएको छ ।

सडक पूर्ण रुपमा सुचारु हुन केही समय लाग्न सक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>