Breaking News

रिउ खोलाको बाढीले माडीको बनकट्टा र सेरुवा बस्ती डुबायो

०
Banner

चितवन, असोज ११–

रिउ खोलामा आएको बाढीले चितवनको माडीस्थित केही गाउँ डुबानमा परेका छन् । चन्द्रपुरीको बाध फुटेर रिउ खोला बनकट्टा, सेरुवा बस्तीमा प्रवेश गरेको हो ।

राति ३ बजेदेखि नै बाढी बस्तीमा पसेको स्थानीयले बताएका छन् । बाढीले हुलाकी राजमार्ग समेत डुबाएको छ । जोखिममा रहेका बस्तीका बासिन्दालाई राति नै सुरक्षित रुपमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले जानकारी दिए । ‘अहिलेसम्म बाढीले मानविय क्षति पुगेको छैन, जोखिममा रहेका बस्तीका बासिन्दालाई राति नै सुरक्षित ठाउँमा राखेका छौं, सतर्कता अपनाउन आग्रह गरेका छौं’–जिल्ला प्रहरी प्रमुख पौडेलले भने ।

बनकट्टा जलमापन केन्द्रका अनुसार रिउ खोलाले खतराको तह पार गरेको छ । अहिले पानीको सतह ४.४५ मिटर पुगेको छ । रिउ खोलाको पानीको सतह ३.८ मिटरलाई खतराको तह मानिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>