Breaking News

नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो

०
Banner

चितवन, असोज ११–

निरन्तरको वर्षाले नारायणी नदीको जल सतहले खतराको तह पार गरेको छ ।

नारायणी नदीको देवघाट जल मापन केन्द्रका अनुसार आज विहान ६ बजेसम्ममा नारायणी नदीको जलसतह ९.४ मिटर पुगेको छ । जलसतह ९ मिटर पार गरेपछि खतराको तह पार गरिएको मानिन्छ ।

नारायणीमा बाढी बढेसंगै पश्चिम चितवनका बस्तीमा बाढी पस्ने संभावना बढेको छ । प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।
चितवनमा पनि रातभर नै वर्षा भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>