देश/प्रदेश

किशोरीको अधिकार र नेतृत्वलाई सुनिश्चित गरिनुपर्छ– मन्त्री चौधरी

०
Banner

ललितपुर, असोज ८-

कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार, सहभागिता र नेतृत्वलाई सुनिश्चित गर्न उनीहरूका मुद्दालाई नीति निर्माणको तहसम्म प्रभावकारी रूपमा पु¥याउन पर्ने आवश्यकता औँल्याउनुभएको छ ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपालको आयोजनामा आजदेखि ललितपुरमा सुरु भएको एसिया–प्रशान्त आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको तीन दिने तेस्रो क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उहाँले अपाङ्गता अधिकार अग्रजको योगदान, सहकार्य, समन्वय र सामूहिक प्रयासले सम्भव भएको बताउनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, “पछिल्लो जनआन्दोलनमा आदिवासी जनजाति समुदायको समेत महत्वपूर्ण भूमिका छ, विभिन्न आन्दोलन र प्रयासबाट हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आफ्ना मुद्दालाई अझ प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता छ ।”

उहाँले अपाङ्गता अधिकारका लागि विगतमा सडकदेखि सदनसम्म आवाज उठाउने अग्रजको योगदानलाई आगामी पुस्ताले स्मरण गर्नुपर्ने बताउनुभयो । ‘हाम्रोबारेमा हामीबिना केही होइन’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै अपाङ्गता तथा आदिवासी दृष्टिकोणलाई केन्द्रमा राखेर समावेशी जलवायु न्याय र विपद् व्यवस्थापनका कार्यक्रम अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

सम्मेलनमा आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार, सहभागिता, नेतृत्व, पहुँच तथा क्षेत्रीयस्तरमा उनीहरूको आन्दोलनलाई थप सशक्त बनाउने विषयमा छलफल हुने सङ्घका अध्यक्ष डा प्रतिमा गुरुङले जानकारी दिनुभयो ।

एसिया–प्रशान्त क्षेत्रका विभिन्न देशका अनुभव आदानप्रदान गर्दै साझा सिकाइ, साझा धारणा र आगामी कार्यदिशा निर्माण गर्ने सम्मेलनका उद्देश्य रहेको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>