अर्थ

भुक्तानी प्रणाली केवल रकम हस्तान्तरणको माध्यम मात्र होइनः सांसद बुढाथोकी

Banner

काठमाडौं,असोज ७ –

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. कृष्णहरि बुढाथोकीले डिजिटल अर्थतन्त्रको विकाससँगै वित्तीय कारोबारलाई सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभामा प्रश्तुत ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन)विधेयक, २०८३’ माथि भएको सैद्धान्तिक छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

उक्त विधेयक कोशेढुङ्गा सावित हुने उहाँको जिकिर छ । सांसद डा। बुढाथोकीले अर्थमन्त्रीद्वारा प्रश्तुत सो विधेयकले भुक्तानी तथा फस्र्यौट प्रणालीमा विद्यमान व्यावहारिक कठिनाइ र कानूनी अस्पष्टतालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यमान ऐनलाई समयसापेक्ष बनाउँदै बैङ्क तथा वित्तीय संस्थाहरूको कार्यक्षमता अभिवृद्धि गर्न विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । सांसद बुढाथोकीले भुक्तानी प्रणाली केवल रकम हस्तान्तरणको माध्यम मात्र नभई वचतलाई उत्पादनशील लगानी र रोजगारी सिर्जनासँग जोड्ने वित्तीय पूर्वाधार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुरक्षित, सहज र भरपर्दो भुक्तानी प्रणालीले मात्र औपचारिक वित्तीय प्रणालीप्रतिको विश्वास बढाउँछ र कृषि, ऊर्जा तथा पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी प्रवद्र्धन गर्छ ।’

विधेयकमा समावेश गरिएका सञ्चालक समितिका विज्ञ सदस्यको योग्यता, एजेन्ट नियुक्ति प्रक्रिया र विदेशी संस्थाको अनुमति नवीकरण लगायतका प्रावधानहरूले प्रणालीलाई थप व्यवस्थित बनाउने उहाँको भनाइ छ । साथै, डिजिटल कारोबारको बढ्दो दायरासँगै साइबर सुरक्षा, उपभोक्ताको वित्तीय तथ्याङ्क सुरक्षा र प्रभावकारी नियमनलाई विधेयकले उच्च प्राथमिकतामा राख्नु सकारात्मक कदम भएको उहाँले उल्लेख गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>