अर्थ

सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य भने बढ्यो

Banner

काठमाडौं, असोज ५ –

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ८ सय ५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>