देश/प्रदेश
टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग
०

टेक्सस, (अमेरिका) असोज २ –
टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन् ।
ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका लामा फाउन्डेसन, बेडफोर्डले रु १ करोड ७ लाख, इन्डिया बजार, फोर्टवर्थले रु ३८ लाख १७ हजार, वन स्टेप फाउन्डेसनले रु २५ लाख, अभान्ट फाउन्डेसनले रु १५ लाख, पाल्पाली संगम अमेरिकाले रु १५ लाख र नुवाकोट पिकनिक ग्रुप टेक्ससले रु १५ लाख सहयोग गरेका छन् ।
यसैगरी, नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना १८ च्याप्टरबाट सङ्कलित ६६ हजार १९५.८८ अमेरिकी डलर नेपाली कांग्रेसको विपद् न्यूनीकरण कोषमार्फत नेपाल सरकारलाई बेग्लै पठाइएको जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























