कर्णाली
मुगु केन्द्रबिन्दू भएर दुई पटक भूकम्प
०

काठमाडौं,भदौं ३१-
मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो भने आजै बिहान ४ः२८ बजे मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प महसुस गरिएको थियो। यसअघि गत २६ गते जाजरकोट जिल्लाको कालसेनी वरपर केन्द्रबिन्दु भई बिहान ०९ः०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























