अन्तर्राष्ट्रिय
चिलीको एक वृद्धाश्रममा भीषण आगलागी, कम्तीमा १६ जनाको मृत्यु
०

सान्टियागो, भदौ २७-
चिलीको अराउकानिया क्षेत्रमा रहेको वृद्ध वृद्धाको हेरचाह केन्द्रमा भीषण आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।
शुक्रबार राति पित्रुफ्केनमा लागेको आगोले भवन पूर्ण रूपमा जलेको बताइएको छ। घटनामा केही मानिस अझै भवनभित्र फसेको हुन सक्ने आशङ्का गरिएको छ।
अराउकानिया प्रहरी प्रमुख जनरल मिगेल हेरेराले हेरचाह केन्द्रमा रहेका १० जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको बताए । अग्नि नियन्त्रकहरूले घटनास्थलबाट १६ जनाको शव फेला पारेका छन्।
आगलागीको कारण भने खुल्न सकेको छैन । घटनास्थलमा ठुलो सङ्ख्यामा अग्नि नियन्त्रक परिचालन गरी आगो नियन्त्रणमा लिने तथा भवनभित्र अन्य व्यक्ति फसेका छन् कि छैनन् भन्ने खोजी भइरहेको छ। एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























