देश/प्रदेश
स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ
०

वीरगञ्ज (पर्सा), भदौ २७-
स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारु चार लाख ५० हजारसहित भारतको मोतीहारी पलानवा थाना–१० का ५५ वर्षीय अशोक कुमारलाई आज पक्राउ गरिएको हो ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाइएका रु ५०० दरका ८९१ थान, रु २०० दरका नोट र रु १०० दरका ४३ थान नोट बरामद गरेको उहाँले जानकारी दिनुभयो । निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























