देश/प्रदेश
बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने
०

जनकपुरधाम, भदौ २६ –
धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई रु २० लाख ३० हजार ५५४ प्रदान गर्ने भएको छ ।
गाउँपालिकाको विपद् कोष तथा जनप्रतिनिधि र कर्मचारीको तलबबाट कट्टा गरी उक्त रकम गर्ने निर्णय पालिकाले गरेको हो ।
गाउँपालिकाले विपद् कोषबाट रु पाँच लाख, जनप्रतिनिधिको तलबभत्ताबाट रु। एक लाख एक हजार १७८, कर्मचारीको तलबबाट रु। पाँच लाख ४८ हजार ७६८ तथा शिक्षक र विद्यालय कर्मचारीको तलबबाट रु। आठ लाख ८० हजार ६०८ गरी रु २० लाख ३० हजार ५५४ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने जनाइएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























