देश/प्रदेश

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

Banner

काठमाडौँं, भदौ २६ –

पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ ।

आर्थिक वर्ष २०८२\८३ मा प्राप्त भएका एक हजार ११६ परियोजनामध्ये सूचना प्रविधिका मात्रै ७२७ छन् । प्रतिबद्धता आएका लगानी क्षेत्रहरूमध्ये उत्पादन ६३, ऊर्जा चार, कृषि १८, पर्यटन २२७, सेवामूलक ७१, पूर्वाधारका दुई छन् ।

उद्योग विभागका अनुसार लगानीकर्ताले रु ५८ अर्बको वैदेशिक लगानीको प्रतिबद्धता जनाएका छन् । आर्थिक वर्ष २०८१\८२ मा विभिन्न ८४२ परियोजनाका लागि करिब रु ६४ अर्बको प्रतिबद्धता आएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार लगानीकर्ताले आफ्नो चासोको क्षेत्र नै खोज्छन् । केही परियोजना ठूलो लगानीको हुने भएकाले पुँजीको आकार बढ्न जाने उहाँको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>