देश/प्रदेश

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य

Banner

दाङ, भदौ २५ –

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा त्यहाँको घरेलु कार्यालयलाई यातायात कार्यालयको शाखाका रुपमा सञ्चालन ल्याइने गरी निर्णय गरिन लागेको बताउनुभएको छ ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयद्वारा देउखुरी आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामा उहाँले उक्त निर्णय कार्यान्वयनमा आएपछि सेवाग्राहीलाई सहज रुपमा छिटो सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रको काममा ढिलासुस्ती नगर्न राष्ट्र सेवक कर्मचारीले जिम्मेवार र पारदर्शी रुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सेवाग्राहीलाई अनावश्यक रूपमा कुराउने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिँदै उहाँले सेवाग्राहीलाई यथाशीघ्र सेवा उपलब्ध गराउन सुझाव दिनुभयो ।

उहाँले यातायातसम्बन्धी कामकारबाहीमा कसैले प्रश्न उठाउने अवस्था आउन नदिन कर्मचारीले अनुशासनमा रहेर कानुनको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो ।

सरकारले आगामी असोजदेखि १२ जिल्लाबाट सवारी पटके सेवा सञ्चालन गर्ने तयारी रहेको बताउँदै मुख्यमन्त्री आचार्यले थप छ जिल्लामा सवारी चालक अनुमतिपत्र नवीकरणलगायत अधिकार प्रत्यायोजन गरिने जानकारी दिनुभयो ।

यातायात क्षेत्र प्रदेश सरकारको राजस्व सङ्कलनको एकल अधिकार क्षेत्र भएकाले त्यसमा पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>