देश/प्रदेश

नन्दप्रसाद जानुका फाउन्डेसन र इनास युकेद्वारा बाढी पीडितलाई सहयोग

Banner

रसुवा, भदौ २५ –

नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ९इनास०यूकेले भोटेकोशी प्रलयमा परी जनधन गुमाएका परिवारलाई रसुवामा पुगेर मायास्वरुप राहत सामग्री प्रदान गरेको छ।

रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेका ७२ पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले इनास यूके र फाउन्डेसनले जुटाएको सामग्री कालिका गाउँपालिका १ का वडा अध्यक्ष दावा तामाङलाई हस्तान्तरण गरे । राहत सामग्री ग्रहण गर्न पीडित परिवारका आफन्त आएका थिए ।

वडामा रहेका पीडित परिवारका सदस्यहरूलाई वितरण गर्ने राहत सामग्री ग्रहण गर्दै वडा अध्यक्ष तामाङले पीडाको बेलामा सहयोग गर्न आउने फाउन्डेसन र इनास यूके परिवारलाई धन्यवाद दिँदै अन्य सहयोगी मन तथा संस्थाहरूलाई सहयोगको हात बढाउन आग्रह गरे ।

फाउन्डेसनले सहयोगीहरुबाट प्राप्त सहयोग एवं आफ्नै कोषमा रहेको रकममा इनास यूकेले मायास्वरूप पठाएको सहयोग एकत्रित गरी पीडित ७२ परिवारलाई राहत वितरण गरेको अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

इनास युकेका मनिष श्रेष्ठले पहिलो चरणमा रसुवाका पीडित परिवारसँग पुगेर माया साटिएको बताउँदै यसपछि पनि आफूहरु पीडित परिवारसँग पुग्ने बताए ।

भोटेकोशी प्रलायमा परी जीवन गुमाएका तथा वेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य अहिले पनि जारी छ। शव फेला परेका तथा जीवित रहेको आस नभएका व्यक्तिहरूको परिवार तथा आफन्तजन यतिखेर आ आफ्नो धार्मिक परम्परा अनुसार काजक्रियामा छन्। न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>